बिहे गरेको २ महिनामै परिवारले बिछोड गराएपछि भागेर काठमाडौँ आएका यी अचम्मका जोडी [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। २३ वर्षीय बखत बिष्ट र १७ वर्षीय प्रतिभा चौधरीको प्रेम काहानी बडो रोचक छ। बखतको आफन्त पर्नेको विवाह थियो उनी विवाह समारोहमा गएका थिए। त्यहाँ उनले प्रतिभालाई देखे। प्रतिभा भने बेहुलाको छिमेकी थिइन्। त्यसैले छिमेकीको नाताले उनी पनि विवाह समारोहमा सहभागी भईन्। त्येही दिन हो उनीहरुको पहिलो भेट भएको। पहिलो भेटमा नै उनीहरु बीच नम्बर साटासाट भयो।

नम्बर साटासाट भएपछी उनीहरु फोनमा कुराकानी गर्न थाले। के छ कस्तो छ भनेर शुरु भएको गफ प्रेम सम्बन्ध सम्म पुग्यो। छोटो समयमा नै उनीहरु प्रेममा लिप्त भए। उनीहरुले एक महिनाको प्रेम सम्बन्धलाई मुर्त दिन विवाह गर्ने निधो गरे। प्रतिभाले केहि समय विवाह नगर्ने सोच बनाईन। तर प्रेमको अगाडी उनीहरु स्वयम्को केहि लागेन। अत: उनीहरुले विवाह गरे।

घरपरिवारलाई कुनै थाह पत्तो नदिइ उनीहरुले आफ्नो जिन्दगीको सबै भन्दा ठुलो निर्णय लिए। उनीहरुको विवाहलाई भागी विवाह भन्दा पनि केहि फरक नपर्ला। बखत निकै होचा छन्। प्रतिभाको उचाई लगभग बखतको डबल नै होला। त्यति सानो मान्छेलाई किन विवाह गरेको भन्दै प्रतिभालाई घरमा निकै गाली गरे। उनीहरुलाई छुटाउन प्रतिभाका परिवारले फकाएर काठमाडौँ देखिटिकापुर, कैलाली बोलाए। घरमा सम्झाई बुझाइ गरे। तर उनले बखतसँग नै बस्ने निधो गरिन्। केहि समयको घर बसाई पछि उनि बखत भएको ठाउँ सम्म आइपुगिन्।

यता बखत पनि आफ्नी श्रीमती अब आउदिनन कि भनेर चिन्तित भएर बसेका थिए। उनलाई आफ्नो जिन्दगि निकै बिचरा जस्तो लाग्यो। होचो भनेर सबैले हेप्ने, जिस्काउने गर्छन् सानै देखि अरुको अपहेलना सहेर हुर्केका उनी प्रतिभाको आगमनले निकै खुसि साथै आफैलाई भाग्यमानी ठानिरहेका थिए। तर उनको माफ्नै ससुराली उनको खुसीको बाधक बन्यो। प्रतिभा फर्केर आएको देखेर उनी निकै खुसि भए। अहिले उनीहरु एकार्कासँग निकै खुसि छन्।

दिउसोको समयमा प्रतिभा ज्याकेट बनाउने काम गर्छिन् अनि रातिको १२ बजे सम्म माइतीघर स्थित एक रेस्टुरेन्टमा काम गर्छन्। महिनाको २५ हजार आम्दानीले उनीहरुको जीवन सजिलै धानिएको छ। अघिको जीवन पनि उनीहरु खुसीसाथ यसरि नै मिलिजुली बिताउने योजनामा छन्।

बाँकि कुराकानी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू