राष्ट्रपति भण्डारी दिवाभोजमा सरीक

admin

कतार, १३ कात्तिक:राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आज आयोजना गर्नुभएको दिवाभोजमा सरिक हुनुभएको छ । कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गर्नुभएको हो ।

मित्र राष्ट्र अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि चारदिने कतार भ्रमणमा हुनुहुन्छ ।
-रासस

प्रतिक्रिया