‘समन्वय समितिको कार्यक्षेत्र बढाइनुपर्ने’: मुख्यमन्त्री शाही

admin

वीरेन्द्रनगर, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला समन्वय समितिको कार्यक्षेत्र बढाउनुपर्ने बताउनुभएको छ ।जिल्ला समन्वय समिति सुर्खेतले आज आयोजना गरेको स्थानीय तहहरूको चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिससलाई कार्यक्षेत्र बढाएर भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

“जिससलाई अनुगमनको जिम्मा दिनुपर्छ, यसले सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै विकासे कार्यको अनुगमन गर्न सकोस् र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सकोस् ।” उहाँले भन्नुभयो, “तर यसका लागि आवश्यक संरचना बनाउनुपर्ने जिम्मा स्थानीय र प्रदेश सरकारको हो, स्थानीय र प्रदेश सरकारले आवश्यक बजेटको पनि व्यवस्था गर्नुपर्छ ।”
-रासस

प्रतिक्रिया