ह्वात्तै घट्यो सुनको भाउ

रिता घिसिंग

काठमाडौँ : आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया