गुल्मीमा तीन छात्राले गरे विष सेवन, थप उपचारको लागि पाल्पा पठाइयो

मनिषा थापा

गुल्मीः गुल्मीको एक विद्यालयका तीन छात्राले बुधबार दिउँसो एकै साथ विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरुले विष सेवन गरेर बेहोस भएका हुन् ।

विष सेवन गर्नेहरुमा समिक्षा थापा, सपना थापा र पार्वती बिसी रहेका छन् । प्रहरी नायव निरीक्षक शिव बहादुर खत्रीले भने, समिक्षाले घरायसी समस्याका कारण मुसामार्ने विष बोतलमा हालेर विद्यालयमा ल्याई सेवन गरेको र अन्य दुई जना छात्राले भने पानी भनेर पिउँदा उक्त घटना हुन गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

१६ वर्षे उमेरका उनिहरुलाई गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचार गरी पाल्पाको लुम्बीनी मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया