आफ्नै मृगौला बिक्रीमा राखेर हेलिकप्टरबाट सुत्केरी महिला उद्धार गर्ने यी समाजसेवी [भिडियोसहित]

admin

पिएनपिखबर, भक्तपुर। काठमाडौंको चण्डोलमा ‘घर आँगन नेपाल’ नामक संस्था खोलेर सामाजिक क्षेत्रमा सक्रिय रहेका दीपक सिलवाल हाल सुत्केरी महिलाको उद्दार कार्यमा व्यस्त छन्। आफ्ना गुरुको मार्गदर्शन पच्छाउदै सामाजिक कार्यमा अग्रसर रहेका उनी यसमा नै आफुलाई सन्तुष्ट मान्छन्। भनिन्छ सन्तोषी सदा दुखि असन्तोषी सदा दुखि। जीवनमा आफुले गरेको काम प्रति सन्तुष्ट भएरै होला उनी खुसि अनि सुखी छन्।

दुई दिनदेखि सुत्केरी बेथा लागेर छटपटाएकी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९, सिपाटारकी २० वर्षीया सीता जोगीलाई अस्पताल लैजान नसकेपछि वडा अध्यक्ष बाबुराम लामाले उद्धारको लागि आग्रह गरेसँगै आफूले काठमाडौंबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टर चार्टर गरेर सिन्धुपाल्चोक लगेको र उद्धार गरी काठमाडौं ल्याएर उपचारको व्यवस्था गरेका उनले बताए।

अप्ठेरो र एक सुत्केरी महिला जीवन र मरणको दोसाधमा रहेकी सिताको उद्दार गर्न कसरी वडा अध्यक्षले दिपकलाई सम्झिए त ? खासमा दिपक पहिला नै सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्य परिक्षण साथै उपचारको अभियान लिएर त्यहाँ पुगेका थिए। उनको मनकारी भावना वडा अध्यक्षले सम्झिरहेका रहेछन्। उनलाई अप्ठेरो पर्दा पक्कै पनि दिपकले सहयोग गर्छन् भन्ने आशले उनले दीपकलाई सम्झे।

दिपक साथै अरुको सेवामा तप्तर उनले यो खबर सुन्नसाथ हेलिकप्टर लगेर उद्दार गरे। उनले अहिले अरु अप्ठेरोमा परेको सुत्केरी महिलाको पनि उद्दार गरिसकेका छन्। बाटोघाटो राम्ररी नपुगेको ठाउँ जहाँ भन्ने बित्तिकै अस्पताल लाग्न असहज वातावरण छ त्यहाँ उनले अरुलाई समेत अप्ठेरो परेको खण्डमा उनलाई सम्झिन आग्रह गरेका छन्।

सामाजिक कार्य गर्छु भनेर मात्र हुँदैन निस्वार्थ भावना राखेर सामाजिक कार्य गर्न आर्थिक पाटोले पनि मुख्य भूमिका खेलेको हुन्छ। उनले सामाजिक कार्य गर्ने क्रममा नै आफ्नो नाममा आएको सम्पत्ति बेचेर दीनदुखी अनाथलाई सहयोग गरिसकेका छन्। यति सम्म कि उनले आफ्नो मृगौला बिक्रि गर्न मिल्ने भए पनि मृगौला नै बेचेर सामाजिक कार्य गर्न तयार हुनेछु भनेका छन्। महान हृदयका साथ उनले थालेको यो सामाजिक कामले अवश्य एकदिन सफलताको शिखर चुम्ने छ। सयौ, हजारौ सुत्केरी महिलाको उद्दार गर्ने उनको अभियान पनि सफल रहनेछ।

आर्थिक पाटोको कुरा गर्ने हो भने उनलाई देशी तथा विदेशी सहयोगहरु साथै दाताको पनि कुनै नियमित सहयोग छैन। थोरबहुत आक्कल झुक्कल सहयोगले उनको ‘घर आँगन नेपाल’ नामक संस्था चलिरहेको छ। सहयोग गर्न चाहनेले दिपक सिलवाललाई सम्पर्क गर्न सक्नुहुन्छ र सहयोगी हात सत्कर्ममा बढाउन सक्नुहुन्छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू