जीवन सफल बनाउन चाहनुहुन्छ ? बिर्सेर पनि नबोल्नुहोस् यी दुई शब्द !

रिता घिसिंग

जीवनमा सफल हुने चाहना हरेक व्यक्तिमा हुन्छ । तर हरेक व्यक्ति सफल हुँदैन । व्यक्तिले गर्ने काम, उसको बोली, सोंच र व्यवहार सबै कुराले उसको सफलताको निर्धारण गर्छ । त्यसैले काम संगै व्यक्तिले आफ्नो सोंच, व्यवहार र बोलीमा परिवर्तन ल्याउनुपर्छ।

सफल हुन चाहने व्यक्तिले यदि यस्तो भएको भए भन्ने शब्द कहिल्यै नबोल्नुहोस् । ती शब्दले निराशा बताउँछन् र तपाईंमा नकारात्मक तथा निराशाजनक प्रभाव पर्छ । ती शब्दले तपाईंको जीवनबाट सफलतालाई टाढा लगिदिन्छ । यदि यस्तो भएको भन्ने, यदि यस्तो हुन्थ्यो भने भन्ने जस्ता शब्दले तपाईंमा काम गर्ने ऊर्जा र इच्छाशक्ति घटेर जान्छ । यस्तो भन्ने या सोंच्ने व्यक्ति चरम निराशामा समेत जान्छ ।

यी शब्दको ठाउँमा ‘ त्यस्तो नभएर के भो त, म यो गर्नेछु’, सोंचेको जस्तो म गरेरै छोड्नेछु भन्ने जस्ता शब्द बोल्नुहोस् । यसले तपाईंलाई आशावादी बनाउँछ । तपाईंमा काम गर्ने हौसला, हिम्मत, ईच्छाशक्ति र ऊर्जा बढ्छ । तपाईंमा निराशामा जाने या डिप्रेसन हुने सम्भावना पनि एकदमै न्यून भएर जान्छ।

त्यस्तै आफ्नो सोंचमा या बोलीमा ल्याउन नहुने शब्द भनेको ‘मैले गर्न सक्दिन’ भन्ने शब्द हो । तपाईंले मैले यो गर्न सक्दिन भन्नुहुन्छ भने, तपाईं त्यो काम पूरा गर्नको लागि आफ्नो ध्यान केन्द्रित गर्न नै सक्नुहुन्न, तपाईंको अगाडी असम्भव छ भन्ने कुरा मात्र आइरहन्छ।

यसले गर्दा तपाईं सफलता देखि सधै टाढा रहिरहनुहुनेछ। त्यसैले सधै ‘म गर्न सक्छु’, ‘ म शतप्रतिसत प्रयास गरेर हेर्छु’, ‘ असम्भव भन्ने कुरा केही पनि छैन’ भन्ने जस्ता शब्द दिमागमा ल्याउनुहोस्, बोल्नुहोस् । यी शब्दले तपाईंभित्र उत्प्रेरणा जगाउँछन् । तपाईंमा आत्मविश्वास बढ्छ । तपाईंले आफ्नो काममा पूर्ण ध्यान लगाउनुहुन्छ र सफल बन्नुहुन्छ।

प्रतिक्रिया