श्रीलङ्कमा रक्तपात हुने चेतावनी

admin

कोलम्बो, १७ कात्तिक (रासस÷एएफपी) श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिनुभएको छ ।

मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै स माधान गर्न उहाँले माग पनि गर्नुभएको छ ।

निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गर्नु भएको थियो ।

उहाँको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घे विच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो ।

प्रतिक्रिया