भ्यानसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

admin

सुरुङ्गा, १७ कात्तिक : पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–३ झिलझिले सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को६प ८९७४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको को२च ११८१ नम्बरको मारुती भ्यानसँग ठोक्किँदा मोटरसाइकल पछाडि बस्ने शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दमक–११ निवासी ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले मारुती भ्यानसँग मोटरसाइकल ठोक्किएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो ।
–रासस

प्रतिक्रिया