बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

admin

बागलुङ, १७ कात्तिक : जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो ।

बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा तुरतुरे पहाड पहिरो जाँदा बडीगाड खोला थुनिएर बनेकोे ताल अवलोकन गर्न गएको बताइएको छ । घाइते ध्र्रुव शर्मालाई एम्बुलेन्सबाट उपचारार्थ मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
-रासस

प्रतिक्रिया