चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ४० घाईते !

मनिषा थापा

पिएनपिखबर  : चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। त्यस्तै घाईते भएका  ४० व्यक्तिहरुको उपचार भईरहेको छ। यस घटना गांसुको उत्तर-पन्चिमी प्रान्तको हो।

जानकारी अनुसार, शनिबार राति हाईवे नजिक रहेको टोल स्टेशनमा अबस्थित गाडीहरुमा अन्यन्त्रित एक ट्रकले ठक्कर दिएको थियो। घटना भएको केहि क्षण मै घाईते व्यक्तिहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

गत हप्तामात्रै चीनको पश्चिमी शहर चोंगकिंगको यांग्जी नदिमा रहेको एक अग्लो पुलबाट यात्री बस खस्दा १५ जनाको मृत्यु भएको थियो।
पुलिसले घटनाक्रमको आठ सेकन्डको एक भिडियो पनि जारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू