बच्चाको मानसिक विकासका लागि खुवाउनुस् यस्ता खाना

रिता घिसिंग

बच्चाकाे शारीरिक विकास साथै मानसिक विकासका लागि स्वस्थ र पाैष्टिक अाहार चाहिन्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ।

सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ।

हरियो सागसब्जी
बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

ओखर
ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।

माछा
९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।

दूध र दही
बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ ।

बच्चालाई फास्टफुड र जंकफुड कुनै पनि हालतमा नदिनुस्, यसमा दिमागको विकासका लागि जरुरी पौष्टिक तत्व हुँदैंन । बच्चाको डाइट चार्ट बनाउँदा चिकित्सकको सहयोग लिन सक्नुहुनेछ ।

– स्वास्थ्यखबर पत्रिकाबाट

प्रतिक्रिया