भ्रष्टचारको अभियोग प्रमाणित नभएपछि साउदी अरेबियाका राजकुमार रिहा

मनिषा थापा

बीबीसी  :  भ्रष्टाचारको आरोप लागेको साउदी राजकुमार मितब बिन अब्दुल्लालाई तीन हप्ता हिरासतमा राखेपछि  रिहा गरिएको हो । कुनै बेला राजगद्दीका दाबेदारका रुपमा हेरिने राजकुमार मितबलाई एक बिलियन डलर भन्दा धेरै धरौती बुझाउन तयार भएपछि रिहा गरिएको छ।

राजकुमार मितब ती दुई सय राजनीतिक र व्यवसायिक मासिसमा संलग्न थिए जसलाई चार नोभेम्बरमा भ्रष्टाचारको अभियोगमा पक्राउ गरिएको थियो। अन्य तीन जना पनि साउदी सरकारसँग सम्झौता गर्न तयार भएको बीबीसीले जनाएको छ।

साउदी अरब नेशनल गार्डस्का प्रमुख भइसकेका राजकुमार मोहम्मद बिन सलमानका काकाका छोरा हुन र भ्रष्टाचारको कारवाहीमा पक्राउ परेका मध्ये राजनीतिक रुपले सबैभन्दा प्रभावशाली व्यक्ति हुन्। ६४ वर्षीया मितब पूर्व राजा अब्दुल्लाहका छोरा हुन्। यो परिवारको उनी एकमात्र सदस्य हुन जो ठूलो पदमा थिए। पक्राउ परेपछि उनलाई पदबाट मुक्त गरिएको छ।

भ्रष्टाचारको आरोपमा यो महिनाको सुरुमा राजकुमार,मन्त्री र शीर्ष व्यवसायीलाइ पक्राउ गरी आलीशान होटलमा राखिएको थियो। अधिकारीहरुले उनको निजी विमान र उनको सम्पत्ति जफत गरेका छन्। विश्वको सबैभन्दा धनी तेल उत्पादन गर्ने मुलुक साउदीमामा व्यापार गर्न पैसा बुझाउनु लामो समयदेखि भ्रष्टाचारको एक भाग बन्दै आएको छ।

युवराज मोहम्मद बिन सलमानलाई आफ्ना ८१ वर्षीय बुवा राजा सलमानको समर्थन प्राप्त छ र उनले देशमा सुधारको आवश्यक रहेको कुरामा जोड दिँदै आएका छन्। उनी भ्रष्टाचार विरुद्धको अभियानमा लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू