मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

admin

भक्तपुर, १८ कात्तिक : मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ ।

मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि वडा नं २ ‘ए’ र सेकेण्ड रनरअपको उपाधि वडा नं १ ‘ए’ ले हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वेदकुमार श्रेष्ठ, उत्कृष्ट गोलकिपरको उपाधि रिजोन हेक्का, उच्च स्कोलरको उपाधि रबिन हैजु र स्वच्छ खेलाडी टोली वडा नं ५ ‘ए’ ले हात पारेको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यस नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने योजना युवा वर्गले पूरा गर्नसके खेलकूदको विकासमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाभित्रका २३ वटा टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई रु ३० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया