यी हुन् ज्यानको बाजी लगाएर सुटिङ गर्ने अभिनेता र अभिनेत्री

मनिषा थापा

एजेन्सी  :  बलिउडका केही अभिनेता र अभिनेत्रीहरु आफ्नो ज्यानको बाजी लगाएर सुटिङ गरेका छन् । आफ्नो भूमिकाका लागि कुनै पनि कोणबाट सम्झौता गर्न तयार नरहेका उनीहरु जस्तो सुकै अभिनय गर्न पनि पछि हटेनन् । ज्यानको बाजी लगाएर अभिनय गर्नेमा आलिया भट्ट, रणवीर सिंह, प्रियंका चोपडा र आमिर खान रहेका छन् ।

बलिउडकी अभिनेत्री आलिया भट्टले फिल्म ‘उड्ता पन्जाब’मा एक सामूहिक बलात्कारबाट पीडित महिलाको भूमिका निभाएकी छिन् । उक्त भूमिका यति सिरियस थियो कि बलात्कारको सिन दिँदा आलिया मनोवैज्ञानिक रूपमै अत्यधिक दुखित भएकी थिइन् । सिन दिएपछि उनी चुपचाप घर गएकी थिइन् ।

बलिउडका नयाँ सुपरस्टार रणवीर सिंहले ८ वर्षको फिल्मी करिअरमा थुप्रै हिट फिल्म दिए । २०१८ मा प्रदर्शन भएको उनी अभिनित ‘पद्मावत्’ फिल्म हरेक कोणबाट सफल रह्यो । यसमा रणवीरले फिल्मको भूमिकामा आफूलाई ढाल्नका लागि ज्यान जोखिममा राखेका थिए ।

फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको शरीर सुगठित थियो । त्यसका लागि उनले अत्यधिक श्रम गरेकी थिइन् । फिल्मको सुटिङ सुरु हुनुभन्दा अगाडि लामो समयसम्म उनले दिन–रात मिहिनेत गरेकी थिइन् । यहाँसम्म कि उनले डाइट पनि खेलाडीले लिनेजत्तिकै लिनुपरेको थियो ।

फिल्मका अभिनेता आमिर खान हरेक फिल्ममा फरक भूमिकामा देखिने गर्छन् । फिल्म ‘दंगल’का लागि आमिरले आफ्नो तौल शरीरले थेग्न सक्नेभन्दा बढी बनाएका थिए । उनको तौल ९५ किलोको थियो । यो आमिरका लागि निकै जोखिमयुक्त थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू