बुटवलमा हर्न निषेधित क्षेत्र तोकिने

admin

बुटवल,१९ कात्तिक : प्रदेश नं ५ का प्रहरी प्रमुख पीताम्बर अधिकारीले बढी भार बोक्ने एक सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अधिकारीले अपराध नियन्त्रण तथा प्रदेशमा नियम र कानून कार्यान्वयनमा प्रहरीले विशेष जोड दिएको बताउनुभयो ।

उहाँले बजार क्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीले हर्न निषेधित क्षेत्र तोक्ने तयारी गरिरहेको जानकारी दिँदै लैङ्गिक हिंसा नियन्त्रणका लागि विशेष कार्यक्रम शुरु गरिने बताउनुभयो ।
-रासस

प्रतिक्रिया