अवकाश प्राप्त वन अधिकृतविरुद्ध मुद्दा दायर

admin

काठमाडौँ, १९ कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध अनाधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी सिंहको रु तीन करोड ५१ लाख ८२ हजार ६४४ बराबरको सम्पत्ति मध्ये रु एक करोड ६० लाख २१ हजार १८ वैध देखिएको छ ।

सरकारी सेवामा रहँदा आरोपी सिंहको रु एक करोड ९१ लाख ६१ हजार ६२५ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले दाबी गरेको छ ।
वन अधिकृत सिंहले २०४३ साल फागुन १३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरी केही समय पहिले मात्रै अवकाश लिनुभएको हो । स्रोत नखुलेको सम्पत्ति आफन्तका नाममा राखेको तथा कुनै पनि तथ्य र प्रमाणबाटसमेत पुष्टि नभएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया