जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

admin

याङ्गुन, १९ कात्तिक:काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन् । सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन माग गर्दै निवेदन दर्ता गरेका हुन् ।
रोहिङ्ग्याका बारेमा उनीहरुले लेखेको समाचारको विषयलाई लिएर सरकारी पक्षले असन्तुष्टी जनाउदै उनीहरुलाई काराबास सजाय दिएको थियो ।

कारावास सजाय भोगिरहेका ३२ बर्षीय वा लोन र २८ बर्षीय क्याव सोए ओलाई राज्यको गोपनीयता विपरित काम गरेको आरोप लगाइएको छ । गत सेप्टेम्बरमा उनीहरूले रोहिङ्ग्याहरु माथि सेनाले ज्यादती गरेको र कतिपयलाई अनाहकमा पारेको समाचार प्रकाशन गरेका थिए ।

रोयटर्सका अध्यक्ष तथा प्रधान सम्पादक स्टेफन जे अडलेरले प्रमाणहरुलाई शासकहरुले वेवास्ता गरेको र गलत टिप्पणी गरेको बताउनु भएको छ । थुन्नु पर्ने कारण विना नै उनीहरुलाई थुनिएकाले तत्काल रिहा गर्न माग गर्दै निवेदन दर्ता गरिएको पनि उहाँले जानकारी दिनुभयो । समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हालेको भन्दै म्यानमारकी नेतृ आङ्साङ सुचीको आलोचना भएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू