क्यानडामा उड्दै गरेका दुईटा जहाज ठोक्किएर दुर्घटना, पाइलटको गयो ज्यान

मनिषा थापा

एजेन्सी  :  क्यानडाको आकाशमा उड्दै गरेका दुईवटा जहाज ठोक्किएर दुर्घटना भएको छ । दुईवटा हवाईजहाज ठोक्किँदा भएको दुर्घटनामा १ जना पाइलटको ज्यान गएको छ । आकाशमा उड्दै गरेका दुईटा जहाज आकाशमै अचानक जुधेपछी उक्त दुर्घटना भएको हो ।

ओटावाको करिब ३० किलोमिटर पश्चिम कार्प ओन्टारियोमा दुईटा हवाई जहाज आकाशमै ठोक्किँएको स्थानीय प्रहरीले बताएको छ । एउटा हवाई जहाज भुइँमा खसेर पाइलटको ज्यान गएको बताइएको छ ।

आकाशमै ठोक्किएको अर्को जहाजलाई भने ओटावाको अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरिएको बताइएको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू