बखत बिष्ट निक्ले स्वार्थी, आफ्नो धरातल बिर्सेर पुगेनन् होचा पुड्काको देउसी-भैलो कार्यक्रममा [ भिडियोसहित ]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। विविधता समाजको विशेषता हो । त्यहाँ सबै किसिमका मानिसको वसोवास रहेको हुन्छ । उनीहरूका क्षमता एवं आवश्यकता फरक फरक हुने गर्छन् । यति हुँदाहुँदै पनि राज्यका लागि सबै समान हुन्छन् । तर होचा पुड्का संघका सदस्य होचा-पुड्कालाई चाही कहिले सम्म सरकारले व्यवास्ता गर्ने ? हामीलाई पनि राज्यको तर्फबाट अरु जस्तै हक अधिकार चाहियो। यस्तै मागका साथ होचा पुड्का संघका अध्यक्ष निर्मल मंग्रंती र महासचिव लेक बहादुर मोक्तान साथै अरु सदस्य पनि भोक तिर्खा नभनी लागिपरेका छन्।

उनीहरु छिट्टै एउटा सम्मेलन गर्दैछन्। सोहि सम्मेलनका लागि आर्थिक अवस्था कम भएकाले केहि सहयोग जुटाउने मनसाय सहित उनीहरु तिहारको पहिलो दिन देखि नै देउसी भैलो खेल्ने योजनामा छन्। हुन त प्रत्यक वर्ष उनीहरु नेपालीहरुको महान पर्व तिहारमा देउसी भैलो खेल्ने गर्छन् नै। तर यो वर्ष भने अझै विशेष रहने उनीहरुको भनाई रहेको छ।

हिजो मात्रै सोहि सम्मेलन सफल पार्न उनीहरुले भृकुटीमण्डपमा एउटा कार्यक्रमको आयोजना गरेका थिए। होचा पुड्का भए पनि हामी अरु भन्दा कम छैनौ भन्ने उनीहरुको मजबुत मनोबलले नै आज उनीहरु आफ्नो हकअधिकारको लागि आवाज उठाउन सक्ने भएका हुन्। उक्त कार्यक्रममा पनि आफ्नो मन्तब्यमा उनीहरुले यि भनाइ राखे।

होचा पुड्का संघ कै एक सदस्य बखत बिष्ट जो अहिले निकै चर्चित बन्न पुगेका छन्। उनी पनि कार्यक्रममा सहभागी हुन आउने कुरा थियो तर उनी आएनन्। आखिर उनी किन आएनन् त ? संघ कै महासचिव लेख बहादुर मोक्तानसँग उनी बस्थे। प्रतिभाको मायाप्रेममा परे पछि उनले हात काट्ने जस्ता क्रियाकलाप गर्न थाले। त्यस्तो पागलपन देखेर भोलि मायामा बखतले जे पनि गर्न सक्छ भनेर नै उनले अब आफै केहि गरेर बस भने आफ्नो घरबाट बिदा गरिदिए।

सामाजिक अभियन्ता बिनय जंग बस्नेतले समेत बखत बिष्टलाई कार्यक्रममा सहभागी हुन बोलाएका थिए। तर उनले प्रतिउत्तरमा म चार पाँच दिन व्यस्त छु भ्याउदिन भनेर भने। बिनय जंग बस्नेतले भने ,’ त्यो व्यक्तिलाई रातारात हित बनाउने पिएनपि यहिँ छ , तर अझै उ आएन। जसले फोन गर्दा नि उ यस्त छ भन्छ। ‘

साच्चै बखत बिष्टले आफ्नो धराताल बिर्सेकै हो त ? पुराना कुरा बिर्सेर अघि पढ्नु एकदम राम्रो हो तर मै हुँ भन्ने जस्तो व्यवहारले अब कोहि चाहिदैन जस्तो गर्नु चाही एकदम उचित नहोला।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू