गुल्मी, २० कात्तिक : गुल्मी इस्मा गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध हँुदा चार सय घरपरिवार प्रभावित भएका छन् ।
डोजरको प्रयोग गरी मोटर बाटो खन्ने क्रममा इस्मा गाउँपालिका–४ किराहखोर भन्ने ठाउँमा भुल्के इस्मा खानेपानी आयोजनको पाइपलाइनमा क्षति पुगेपछि खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद रिजालले बताउनुभयो ।
-रासस