माइक्रोले ठक्कर दिँदा ओलीकोे मृत्यु, केसी गम्भीर घाइते

admin

मुसिकोट, २० कात्तिक : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा नजीकै माइक्रोबसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नरपालिका–१२ की ३८ वर्षीया कल्पना ओली रहेको प्रहरीले जनाएको छ । देउसीभैलो खेल्नका लागि अपराह्न झुल्नेटातर्फ आउने क्रममा नेपालगञ्जबाट मुसिकोटतर्फ आउँदै गरेको भे१ज १००० नंको माइक्रोबसले ठक्कर दिँदा ओलीकोे मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट सोही वडाकी २८ वर्षीया दुर्गा केसी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयोे । उहाँका अनुसार घाइते दुर्गालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
-रासस

प्रतिक्रिया