सारंगीको तारमा अल्झेको जनक गन्धर्वको बाल्यकाल अब बित्ने भयो काठमाडौँ कै यति ठुलो विद्यालयमा, पहिलो दिन शिशिरले उनकै स्कुटीमा लगे [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर | १ हप्तादेखि आफ्नो सबै काम छोडेर निस्वार्थ रुपमा १३ बर्षे भाई जनक गन्धर्वका लागि दौडिरहेको छु । गोपीकृष्ण हलमा भेटिएका २ भाई मध्ये जनक गन्धर्वले पढ्ने धेरै मन गरे । अर्का भाई बिराज पहिला त पढ्छु भन्दैआए पछि दांगतिर भागेछन् । बिराजको परिवारले पनि उनलाई पढाउने इच्छा देखाएनन् । हामी पढ्छु भन्दै निरन्तर हामीलाई भेट्ने अनि आफ्नो यो अभियानमा आफै लाग्ने भाई जनकको सपना पुरा गर्न तर्फ लाग्यौं । जनक स्कुल जान थालेपछि बिराज र उनको परिवारलाई पनि सम्झाउने छौं ।

दांगका जनक गन्धर्वलाई गरिवीले काठमाडौं डोरायो । आफ्नो माईलो बाको चिनो सारंगी बोकेर १ बर्ष उनी काठमाडौंको फिल्म हल, सडक, मान्छेको भिडभाड र गाडीहरुमा भौतारिए । थोरैको माया पाए अनि धेरैको गाली अनि कुटाई खाए । दांगमा उनको आफ्नै घर छैन । आमा बुवा राम्ररी बोल्न सक्दैनन्, सबैले हेप्छन्, ९ बर्षको भाईलाई आफ्नै खर्चले पढाउनुछ अनि काठमाडौंमा सारंगी रेटेर आफैले घर खर्च जुटाउनुछ ।

यति सानो बालकमाथि कति ठुलो जिम्मेवारी, समयले उनलाई धेरै कुरा सिकायो । सधैं गम्भिर र महान कुरा गर्ने जनक स्कुल गएर पढ्छु र भविष्यमा ठुलो गायक बन्छु भन्ने सपना लिएर हिडेका छन् । जनकलाई काठमाडौंमा होस्टेलमा राखेर पढाउने अनि उनको घर बनाउने लक्ष्य लिएर सबै सहयोगी मनहरुसंग सहयोग मागिरहंदा धेरै प्रश्नहरु आउन सक्छन्, जनक स्कुल पढ्न थालेपछि उनको बुवा आमालाई कस्ले पाल्छ ? उस्को घर कसरी चल्छ ? भाईलाई कसले पढाउंछ । यति धेरै अप्ठ्याराका बिच मलाई यत्ति थाहा छ, जनकको हातमा किताब कलम हुनुपर्छ,उनको साथमा झोला हुनुपर्छ अनि मनमा भविष्यको उज्यालो सपना हुनुपर्छ ।

नमस्कार म शिशिर भण्डारी, जनक गन्धर्वको शिक्षा र घर निर्माणका लागि दौडिरहंदा तपाईको साथ, सपोर्टले निकै हौसला मिलेको छ । हालसम्म आर्थिक सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद । हाम्रो भिडियोलई सेयर गरी भिडियोमा कमेन्ट र लाईक गरी साथ दिने तपाईलाई पनि धन्यवाद । यो यात्रा लामो छ र चुनौतीपुर्ण अझै आर्थिक सहयोग र साथ सपोर्टको धेरै आशा राखेको छु । तपाईहरु बिना म अधुरो छु । यो भिडियोलाई पुरा हेर्नुहोस अनि लाईक गरिहाल्नुहोस्, भिडियोमा बज्ने बिज्ञापनहरुलाई पनि हेर्दिनुहोला, आर्थिक सहयोग गर्न नसक्ने साथीहरुले हामीलाई दिने सपोर्ट त्यहि हुनेछ । फेसबुकमा यो भिडियोलाई सबैले सेयर गरौं । यो अभियानमा मलाई साथ दिन र जनक गन्धर्वको शिक्षाका लागि र घर निर्माणका लागि सहयोग गर्न ९८४९५९६२१५ मा सम्पर्क गर्नुहोला । मसंग फेसबुकमा जोडिन यो आईडी सर्च गरी फलो र म्यासेज गर्न सक्नुहुनेछ ।

आदरणिय दर्शकबृन्दहरु, नगरेसम्म केहि नहुने रैछ । १ बर्षदेखि काठमाडौंमा भौतारिएका जनकलाई पढाउंछु, उनको भविष्य बनाउंछु भन्ने कोहि भेटिएनछन्, हामीले पनि त्यो आंट नगरेको भए, जनकको भविष्य निश्चितै अध्यारो हुन्थ्यो । कृपया हामी शिक्षक त होईनौं तर सबैले हाम्रो अभियानबाट राम्रो पाठ सिक्न सक्नुहुनेछ ।

जनकलाई गोपीकृष्ण हलमा भेटेको, उनलाई कपडा किन्देको, उनको घर गएको लगायतका भिडियो युटुबमा हाली रहंदा कमेन्टहरुले हौसला त मिलिरहेको थियो तर उनलाई पढाउंछु भनेर कुनै पनि स्कुलको फोन आएन । अब हुंदैन कि भन्ने लागसकेको थियो । त्यसैबिच समाजसेवी दिदी एस्तर थापाको फोन आयो । अनि हामी गयौं, ।

ललितपुर जिल्लाको थेचोमा रहेको सोमांग एकेडेमीमा एस्तर दिदीले हामीलाई बोलाउनु भएको थियो । सुन्दर सोमांग एकेडेमीमा पुग्ने बित्तिकै मैले जनकको सुन्दर भविष्य छर्लंगै देखिसकेको थिए । दंग थिएं, शायद जीवनमा यति ठुलो खुशी मैले कहिले पाएको थिईन् । जनकको अनुहारको खुशीले मलाई बेग्लै उर्जा मिलिरहेको थियो । सांचै, कोही पराईलाई आफन्त बनाई सहयोग गर्दा बेजोड खुशी मिल्ने रहेछ ।

जनकले स्कुलका प्रिन्सिपल र सरहरुसंग भेटे । उनको चुलबुले बानी र बोल्ने शैलीले ससबैलाइ लोभ्यायो । यद्यपी कति कुराहरु शिक्षकहरुले नै जनकलाई सिकाउंदै थिए । हामीलाई स्कुलको बारेमा अझै बुझ्नु थियो । स्कुलका प्रिन्सिपल राज कुमार योन्जनले स्कुलको बारेमा बताउंदै मेरा जिज्ञासाहरुलाई पनि मेटाउनु भयो ।

प्रिन्सिपल राज कुमार सरले भन्नुभयो, स्कुलको पढाईमा कुनै खर्च लादैन तर होस्टेल खर्च र ड्रेस लगायतका अन्य शैक्षिक सामग्रीको खर्च हामीले बेहोर्नुपर्छ । म ढुक्क थिएं, जनक जस्तो प्रतिभाशाली भाईको लागि सोच्ने म मात्रै हैन, तपाई पनि हुनुहुन्छ । उनलाई सहयोग गर्न धेरै तयार छन् ।

प्रिन्सिपल सरको कुरा सुनेपछि हामी जनक बस्ने होस्टेल र उनी पढ्ने स्कुल हेर्नतिर लाग्यौं । एस्तर थापा दिदीले जनकलाई होस्टेलमा गाईड गर्न दुई भाईलाई जिम्मा दिनुभयो । क्लास बाहेकको समयमा पनि जनकलाई पढाउन भाईहरु तयार भए ।

स्कुलका शिक्षकहरुलाई जनकले अनेक प्रश्नहरु गरेर हैरान पारे । उनलाई आफु पढ्ने कक्षा हेर्न हतार थियो ।

पुरा स्कुल घुमेर बुझिसकेपछि जनकले पिंग र चिप्लेटी खेल्ने इच्छा गरे । एकैछिनमा घुलमिल हुनसक्ने जनकले साथीहरुसंगै पिंग खेले अनि चिप्लेटी पनि ।

म एस्तर दिदीलाई धेरै धेरै धन्यवाद दिन्छु । मेरो जिम्मेवारीमा सहयात्री बन्न आउनु भयो । दिदीको कुरा नसुनी म बस्नै सकिन ।

जनक गन्धर्व हिजो बाटोमा सारंगी बजाउंदै माग्दै हिड्ने बालकलाई स्कुलसम्म पुराईयो । उनी तिहारपछि निरन्तर स्कुल जान्छन् । घर परिवारसंग उनको पढाई र अन्य कुरा गर्न फेरी दांग जानुछ । अहिलेसम्म काकाले हेरेका कारण काकासंग पनि केहि कुरा त गर्नै पर्यो पछि अप्ठेरोमा नपारुन् ।

आदरणि दर्शकबृन्दहरु, हामी समय समयमा जनक सम्बन्धी भिडियोहरु अप्लोड गरिरहन्छौ । चांडै नै उनको गीत पनि आउंदैछ । हामीलाई हरेक हिसाबले सहयोग गर्नुहोला । मलाई जनकको होस्टेल खर्च र अन्य खर्चका लागि आर्थिक सहयोग उठाउनुछ । जनकको परिवार बांच्ने आधार पनि सोच्नुछ । कसरी अगाडि बढ्ने सल्लाह पनि दिनुहोला । जनकको घर निर्माण अलि पछिको योजना हो । यद्यपी त्यसका लागि पनि अहिलेदेखि नताते सम्भव छैन ।

आउनुस सबै मिलेर यसरी नै हातेमालो गर्दै अघि बढौं । हामीले नै एक एक गर्दै यसरी नै हो, देश बनाउने । जनकहरु जस्ता कयौं छन् देशमा । उनीहरुका लागि सक्षम सबैले सोचौं । स्वर्ग यहि छ । यो भिडियोलाई सक्दो सेयर गनुृहोला । देश बदेशबाट सबै मिलेर मलाई यो अभियानमा साथ दिनुहोला । तपाईको फोनको प्रतिक्षामा छु । फोन गर्नको लागि सम्पर्क नं ९८४९५९६३१५ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू