फ्रान्सेली पर्यटकको शव धुञ्चेमै अलपत्र

admin

रसुवा, २१ कात्तिक: फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो ।

गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आउनुभएका गुल्टस तीन दिन अगाडि बिरामी हुनुभएको थियो ।
-रासस

प्रतिक्रिया