मकवानपुरका क्रसर उद्योग सङ्कटमा

admin

हेटाँैडा, २१ कात्तिक: मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन् । प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन् । उद्योग बन्दको कारण ढुङ्गा, गिट्टी र बालुवाको कारोबारमा समस्या आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योग बन्दका कारणले विकास निर्माण, भवन, आवास, पुल, कल्भर्टलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको जनाएका छ ।

जिल्ला समन्वय समितिले प्रदेश नं ३ सरकार र सम्बन्धित सङ्घीय सरकारलाई पत्राचार गरी क्रसर उद्योग सञ्चालन गर्न आग्रह गरेको छ । क्रसर उद्योगको कारणले वातावरणमा असर पुगेको, मानवबस्ती जोखिममा परेको र प्राकृतिक विपत्ति बढेकाले उद्योग बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया