भद्रपुर, २४ कात्तिक : देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम दुवै मिर्गाैला पीडित सम्झना बुढाथोकी (राउत) को उपचार सहयोगका लागि प्रदान गरिएको छ ।शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी भैलो खेलेर सङ्कलन गरिएको रु ५० हजार ५६५ आज सम्झनाको बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।
चिकित्सकले २७ वर्षीय सम्झानालाई चाडै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनका बुबा भुवनले बताउनुभयो । हाल उहाँको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
सम्झनाको उपचारमा अहिलेसम्म रु २२ लाखभन्दा बढी रकम खर्च भइसकेको भुवनले बताउनुभयो । छोरीको उपचारमा सहयोग गरिदिनका लागि उहाँले सबैसँँग अपिल पनि गर्नुभएको छ ।
-रासस