सीमावर्ती क्षेत्र बन्यो दारु पिउने ‘दरुवा’को अखडा

admin

सिरहा, कात्तिक २५ :  भारतको विहातर राज्यमा मदिरा रक्सीमा दुई बर्षअघि प्रतिबन्ध लगाएपछि नेपालको तराई मधेसका सीमावर्ती क्षेत्र विहारवासी दारु पिउने दरुवाको अखडाजस्तै बनेको छ । सीमा क्षेत्रका झोपडीका मदिरा पसल अहिले झकिझकाउ छन् ।

कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्धारजस्तै गरी दारु पसलका बोर्ड सझाईएका छन् । साँझ परेसँगै सीमापारि र वारिकै पनि दरुवाहरुको भीडभाड बढ्छ । रङ्गीचंगी बत्तीसँगै हिन्दी गीत बज्न थाल्छन् अनि सम्साँझै सुनसान हुने सीमाका बजार मध्यरातसम्म जुल्जार हुन्छन् ।

साँझ पर्नासाथ भारतको बिहारका नाकाबाट दारुपारखी नेपाल आउन थाल्छन् भने कोही हिँडेरै आउँछन् । कोही गाडी लिएर आउने गरेका छन् । तराई मधेसको सिमावर्ती क्षेत्रमा अहिले सबभन्दा बढी फस्टाएको बजार नै मदिराको हो ।, आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू