नेताहरुको घरमै पुगेर धमला र इन्द्रेणी टिमको खतरा देउसी भैलो [ हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं ।

घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरुलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग खुलेर कुरा गरेका नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होईन् ।’

उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । उनले थपे,‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू