मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ को पाँचौ टेलिशृङ्खला सार्वजनिक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कि इन्टरटेन्टमेन्टको प्रस्तुती र पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ को पाँचौ भाग सार्वजनिक भएको छ।

पारिवारिक कथा व्यथा समेटिएको यस टेलिशृङ्खला हरेक बुधबार साँझ ७ बजे नेपाल टेलिभिजनमार्फत प्रशारण हुने गर्छ भने पिएनपि मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ। पिएनपि मिडियाले ‘डियर जिन्दगी’को शृङ्खला हरेक शुक्रबार सार्वजनिक गर्ने गर्दछ।

जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।

‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् । मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रशारणमा आऎको हो। अहिले प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू