सुनचाँदीको भाउ घट्यो

admin

काठमाडौँ, २५ कात्तिक: सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोवार भएको थियो ।

त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ । अन्तरराष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
-रासस

प्रतिक्रिया