चितवन, २६ कात्तिक: पुनरुत्थानवादी शक्ति नेपालले आफूले हालसम्म गरेका कामको प्रगति विवरण तथा भावी कार्ययोजना पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो कार्तिक २५ गते होटल आइल्याण्ड रिसोर्ट भरतपुर हाइट चितवनमा एक पत्रकार सम्मेलन आयोजना गरी आफूले गरेका काम सम्बन्धमा प्रगति विवरण तथा आगामी दिनमा गर्ने कार्यक्रमको संक्षिप्त र ठोस योजनाको जानकारी दिनको लागि उक्त पत्रकार सम्मेलन गर्नुपरेको कुरा आयोजक नेता तारा बराल बताउनुहुन्छ । कार्यक्रममा पत्रकार, बुद्धिजीवी, सर्वसाधारण लगाएत करिब ४० जना भन्दा माथिको उपस्थिती रहको थियो ।
पुनरुत्थानवादको सैद्धान्तिक अर्थ र आवश्यकताबारे प्रष्ट पारिदिनु भन्ने जिज्ञासामा नेता तारा बराल बताउनुहुन्छ, “पुनरुत्थानवाद नैतिकता, विवेक, न्याय, विचार र दर्शनमा आधारित शाशन भएकाले त्यसलाई प्रवर्धन गर्नुपर्छ भनी चीनका प्राचिन दार्शनिक कन्फ्युसियसले सिद्धान्त प्रतिपादन गरेका थिए । सोही पुनरुत्थानवादी दर्शनको आधारमा प्रसिद्ध दार्शनिक मेकियावेलीले पोपको कट्टर मध्ययुगीन शासनको अन्त्य गरी आधुनिक युगको शुरुवात गरेका थिए ।
चिनका वर्तमान राष्ट्रपति सि जिनपिङले पनि हालसालै ‘Making China Great Again’ भनी कन्फ्युसियसको पुनरुत्थानवादलाई नै अहिलेको विश्वको माक्र्सवाद, माओवादभन्दा उत्कृष्ट दर्शनको रुपमा स्वीकार गरी अपनाएका छन् आज भन्द करिब २४ सय बर्ष अगाडि नै दार्शनिक अरस्तुले देशमा लोकतान्त्रिक शासन हुन नहुने र यदि आइहालेमा त्यसलाई अपदस्त गर्नुपर्ने विचार व्यक्त गरेका थिए । यी विभिन्न महान् दार्शनिकको सिघात् एवम् विचारका आधारमा नै नेपालमा पनि नेपालको पुनरुत्थानको लागि पुनरुत्थानवादी शक्ति नेपालको गठन गरिएको हो ।”
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएकोमा राजा महेन्द्रले २०१७ सालमा कु गरी प्रजातन्त्र अपदस्त गरका, २०४६ सालमा पुर्नस्थापना गरिएको प्रजातान्त्रिक शासन व्यवस्थालाई राजा ज्ञानेन्द्रले २०६१ माघ १९ को शाही घोषणाले निस्तेज गरेका, २०६३ बैशाख ११ गते पुन देशमा लोकतन्त्र घोषणा भएकोमा २०६५ जेठ १५ गते पुन गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र घोषणा भएको करिब १२, १३ बर्षको अवधीमा नेपालले आफ्नो अपनत्व, स्वाभिमान धेरै मात्रामा गुमाईसकेकोले देशको स्वाभिमाानता, अपनत्व बचाइ राख्न पनि पुनरुत्थानवादी शक्ति नेपालको आवश्यकता महसुस गरी गठन गरिएको पुनरुत्थानवादी शक्ति नेपालका अधिवक्ता कोषराज काफ्ले बताउनुहुन्छ ।