आज सुनको भाउ प्रतितोला कति ? जान्नुहोस

मनिषा थापा

साताको दोस्रो दिन सोमबार फेरि नेपाली बजारमा सुनको एक सय रुपैयाँले घटेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया