साताको तेस्रो दिन मंगलबार फेरि नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।
सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, मंगलबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।