ट्र्याक्टरले किचेर बालिकाको मृत्यु

admin

सुरुङ्गा, २७ कात्तिक : छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।

मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया