फेरी घट्यो सुन-चाँदीको भाउ, हेर्नुहोस कतिमा हुँदछ कारोबार

शर्मिला गुरुङ

काठमाडौं,२८ कार्तिक : आज साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको घटेको छ ।

हिजो मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ५ रुपैयाँमा र तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तीन सय रुपैयाँले घटेर प्रतितोला क्रमश :  ५८ हजार २ सय रुपैयाँ र ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला पाँच रुपैयाँले घटेर
७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया