काठमाडौँ, कात्तिक २९ :सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।एसिया — ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो ।
उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए ।डा. गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।एसिसियो २४ देशका आईसिटी एसोसियनहरुको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् ।