पोखरामा कृषक पुरस्कार अक्षयकोष स्थापना

admin

पोखरा, ३० कात्तिक: पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा सञ्चालन गर्ने गरी सावित्री लीलाधर अधिकारी स्मृति कृषक पुरस्कार अक्षयकोष स्थापना गरिएको छ ।

कृषि पेशामा युवा वर्गलाई आकर्षित गर्ने उद्देश्यले बाटुलेचौरका कृष्णप्रसाद अधिकारीले आफ्ना स्व आमा सावित्री र बुबा लीलाधर अधिकारीको स्मृतिमा पुरस्कार प्रदान गर्न रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । क्लबद्वारा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा चितवनमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडी विशाल बस्नेत र विधान अधिकारीलाई सम्मान गरिएको थियो ।
-रासस

प्रतिक्रिया