जितपुर, ३० कात्तिक : कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले नगरपालिकाको कुकुरभुकुवा बगैँचा नजिकबाट भारतीय नागरिक महाराष्ट्र शान्ताक्रश बस्ने २५ वर्षीय मोहमद क्यापसहित पाँच मोटरसाइकल आज नियन्त्रणमा लिएको हो । मोटरसाइकल ल्याउने कार्यमा संलग्न अन्य व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद गरिएका मोटरसाइक कृष्णनगर भन्सार कार्यालय चलान गरिएको र नियन्त्रणमा लिएका व्यक्तिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका बुलेट, भिभिएस अपाची, बजाज र हिरोहोन्डा कम्पनीका मोटरसाइकल करीब रु छ लाख ६५ हजार बराबरका रहेका बताइएको छ ।
-रासस