पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान

admin

काठमाडौँ, १ मङ्सिर : वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो ।

चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उहाँले बताउनुभयो । नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ । हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया