एजेन्सी : मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ ।
मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको ब्याट्री एकपटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने दावी गरेको छ ।
८०० एम्पियरको ब्याट्री रहेको यो मोबाइलबाट लगातार कुरा गर्दा पनि १५.७ घण्टा कुरा गर्न सकिने कम्पनीले जनाएको छ । तर लगातार यति लामोसमयसम्म खासै कुरा नहुने भएको भन्दै ब्याट्रीको स्ट्यान्डबाई क्षमता २१ दिन भएको कम्पनीले जनाएको छ ।
यो मोबाइलको कलर स्क्रिन १.८ इन्च (१६०x१२० पिक्सेल) रहेको छ । यो मोबाइलमा क्लासिकल गेम स्नेक रहेको छ भने नाइट्रो रेसिङ, डेन्जर ड्यास तथा टेट्रिस किनेर खेल्न सकिन्छ ।
नोकिया १०६ मा ४ एमबीको स्टोरेज रहेको छ । यसमा २ हजार कन्ट्याक्ट सेभ गर्न सकन्छि ।
यो मोबाइलको मूल्य भारतीय बजारमा १७०० भारतीय रुपैयाँ रहेको छ । नेपाली बजारमा भने केही दिनपछि मात्रै यो मोबाइल उपलब्ध हुनेछ ।