जन्मदिन मनाउने खर्च जोगाएर किरियापुत्री भवनलाई सहयोग

मनिषा थापा

दमौली, २ मङ्सिर (रासस)  :  तनहँको दमौली निवासी भूपाल आलेले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका–३ मा निर्माण भइरहेको किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

जन्मदिन मनाउँदा हुने फजुल खर्च जोगाएर आलेले भवन निर्माणका लागि रु ५५ हजार ५५५ प्रदान गर्नुभएको हो । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम हस्तान्तरण गर्दै उहाँले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्नु उत्तम हुने बताउनुभयो ।

निर्माण समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि सहयोग गरेकामा आलेलाई धन्यवाद ज्ञापन गर्दै भवन निर्माणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताउनुभयो । व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन आठकोठे भवन रु ५० लाखको लागतमा निर्माण हुदैछ । उक्त भवनमा व्यास नगरपालिकाले ८० प्रतिशत लगानी गरेको छ भने २० प्रतिशत रकम सर्वसाधारणसँग सङ्कलन गरिने लम्सालले जानकारी दिनुभयो ।

इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङले झरनामा क्यानोनिङको परीक्षण गरेको भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानसिंह थापाले जानकारी दिनुभयो ।

ड्रिमल्याण्ड क्यानोनिङका प्रबन्ध निर्देशक बोनी गुरुङको नेतृत्वमा चार जनाको टोलीले क्यानोनिङको परीक्षण गरेको थियो । ४० मिटर अग्लो झरनामा क्यानोनिङ गर्न उपयुक्त देखिएको गुरुङले बताउनुभयो । क्यानोनिङको सफल परीक्षणपछि अब यसको पूर्वाधार निर्माणमा जोड दिइने उहाँले जानकारी दिनुभयो ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।

विश्व में सुपरबग से सबसे ज्यादा मौत भारत में, मृत्यु दर 13 फीसदी
विश्वभरमा सुपरभग रोगबाट सबैभन्दा बढी भारतमा मृत्यु

देशभर के 10 अस्पतालों में भर्ती 4 हजार मरीजों पर किए गए अध्ययन से पता चला है कि सुपरबग से यहां लोग अधिक संक्रमित हैं। ये आंकड़ा अमीर देशों से अधिक है।
अध्ययन से खुलासा हुआ है कि सुपरबग से होने वाली मौतों में भारत सबसे ऊपर है। इस बैकटीरिया से मौत का आंकड़ा साल 2015 में 13 फीसदी था। वहीं कुछ अन्य देशो में मृत्यु दर का आंकड़ा 2-7 फीसदी है। ये अध्यययन जॉन होपकिंस यूनिवर्सिटी स्कूल ऑफ मेडिकल एंड द सेंटर फॉर डिसीज डायनामिक्स, इकोनॉमिक्स एंंड पॉलिसी (सीडीडीईपी) ने किया है।

सुपरबग के इन्फेक्शन से संक्रमित लोगों की संख्या कई गुना अधिक है। ये दो प्रकार का संक्रमण होता है, मल्टी ड्रग रेसिस्टेंट (एमडीआर) और एक्सट्रीमली ड्रग रेसिस्टेंट (एक्सडीआर)।

इस अध्ययन का शीर्षक है, ‘द मल्टी ड्रग रेसिस्टेंट पैथोजेन्स इन इंडिया: अ रेट्रोस्पेक्टिव ऑब्जरवेशन स्टडीज’। यह अध्ययन ग्लोबल मेडिकल जनरल क्लीनिकल इन्फेक्शियस डिजीज में पब्लिश हुआ है।

वाशिंगटन डीसी स्थित सीडीडीईपी के निदेशक और संस्थापक रामानन लक्ष्मीनारायण का कहना है कि ग्राम-नकारात्मक बैक्टीरिया के कारण होने वाले संक्रमण ग्राम पॉजिटिव बैक्टीरिया के कारण होने वाली तुलना में उच्च मृत्यु दर से जुड़े होते हैं। इससे सबसे ज्यदा बुजुर्ग प्रभावित होते हैं।

प्रतिक्रिया