टोखा अभियान सहकारी सस्थाद्वारा आयोजीत ‘मोटिभेसन ट्रेनिङ’ कार्यक्रम भव्य रुपमा सम्पन्न

मनिषा थापा

काठमाडौ जिल्ला टोखा नगरपालिका ३ मा रहेको टोखा अभियान बचत तथा ऋण सहकारी सस्थाले आफ्ना सदस्यहरुलाई भेला गरेर एक दिने मोटिभेसन ट्रेनिङ कार्यक्रम संचालन गरेको थियो।

टोखा नगरपालिका मै सहकारीले संचालन गरेको सम्भवत यो पहिलो कार्यक्रम हो। टोखा नगरपालिकाका वडा नम्बर दुई र तिनका वडा अध्यक्ष समेत सहभागी भएको उक्त कार्यक्रममा केहि बेर हास्य कलाकार एन्टिनाले समेत हसाएका थिए।

सदस्यहरुको बौद्धिक बिकास का लागि गरिएको यो कार्यक्रम आगामी दिनमा पनि निरंतरता दिदै जाने अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

विशाल डङोलले संचालन गरेको उक्त कार्यक्रममा दिन भरी नै सदस्यहरु उत्साही पुर्वक सहभागी भएका थिए । चर्चित ट्रेनर इश्वर श्रेष्ठले दियको उक्त ट्रेनिङ कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया