बेझाड, २ मङ्सिर (रासस) : दुवै मिर्गाैला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ ।
पाल्पा रामपुर नगरपालिका वडा नं ९ जब्गादी घर भई हाल बुटवलमा बसोवास गर्दै आएका मिलनको दुवै मिर्गौलाले काम नगरेपछि उनको उपचारमा समस्या परेको हो ।
परिवारको आर्थिक अवस्था नाजुक हँुदा मिलनको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग परिवार, आफन्तले अनुरोध गरेका छन् । उनको अहिले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार भइरहेको आफन्त दिलमाया नेपालीले बताउनुभयो ।
“परिवारको अवस्था नाजुक छ, साँझबिहानको गुजारा चलाउन पनि धौधौ छ, मिलनको उपचारका लागि ठूलो रकम लाग्ने अस्पतालले भनेपछि उपचारमा समस्या परेको छ”, उहाँले भन्नुभयो ।