निर्दयी शिक्षकले यसरी कुटेरहे ७ बर्षिय बालकलाई (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : यदी तपाईले आफ्नो बच्चालाई ट्युसन पढाउनु  भएको छ भने यो भिडियो अवश्य हेर्नुहोस। यो भिडियोले तपाईलाई सतर्क गराउन मद्दत गर्नुका साथै हैरान पनि पर्छ। घटना भारतको अलीगढ़को टीकाराम कोलोनीको हो। भिडियोमा निर्दयी शिक्षकले ७ बर्षिय बालकलाई चप्पलले कुटे, चाबीले कुटे, कपाल तानेर लुछे यति गर्दा नि मन नभरेपछि बालकको हात पनि टोकीदिए। ७ बर्षिय बालकको गल्ति शिक्षकले दिएको होमवोर्क नगर्नु थियो। बालकलाई दिन दिनै कुट्नुका साथै शिक्षकले धम्काउने समेत गर्थ्यो। निर्दयी शिक्षकको डरले बुबाले सोध्दा पनि केहि भन्दैन थिए बालक।

यस घटनाबारे उनका पिताले कोठामा लगाएको सीसीटीवी क्यामेराबाट थाहा पाए। पिताले छोराको रेकर्ड हेर्नका लागि सीसीटीवी खोलेका थिए। आफ्नो ७ बर्षिय छोरालाई निर्दयीपुर्वक कुटिरहेको भिडियो देखेपछि उनि हैरान भए। २ कक्षामा पढ्ने आफ्नो छोरालाई यसरी ट्युसन पढाउने शिक्षकले कुटेको देखेर आमा हैरान भईन। जबकि आमाले आफ्नो छोरालाई अहिलेसम्म एक थप्पड पनि हानेका छैनन्।

शिक्षकको नाम कमल हो। शिक्षक परिवारसंग चिरपरिचित थिए। आफ्नो बच्चाको उज्जल भविष्य सुधार्नका लागि उक्त शिक्षकलाई जिम्मेवारी दिएका थिए। उनले नै यस्तो गर्ला भनि आमा बुबाले सोचेका पनि थिएनन्।
हेर्नुहोस कसरी आफ्नो बिद्यार्थीलाई शिक्षकले मारपिट गरिरहेका छन् :

प्रतिक्रिया