बम दिदीबहिनीका बाबु पहिलोपटक मिडियामा, निर्मलाको परिवारलाई यस्तो सम्म भने [हेर्नुहोस् भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर। निर्मला हत्याकाण्ड भएको अहिले १०० दिन भन्दा बढी भइसकेको छ।उनका न्यायका लागि आन्दोलन गर्ने हरु पनि  थाकिसके ।  तर निर्मलाले न्याय कहिले पाउने हो भन्ने कुराको टुंगो लागेको छैन।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा बम दिदीबहिनी शंकाको घेरामा परेका छन्।कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणका आरोपी बम दिदीबहिनीको घरमा हत्या भएको केही दिनपछि खुबै परिवर्तन गराएको विषयले स्थानीयले हत्या त्यही भएको हो की भन्ने आशंका गरेका थिए ।

निर्मलाको हत्यापछि घरमा रातारात रंग लगाइए, नजिकैको अम्बाको बोट काटिदिएको विषयले स्थानीयले शंकाको विषय बनाएका थिए । तर छानविन समितिले उक्त विषयलाई नकारेको छ भन्दै थुप्रैले यो विषयमा केरकार गर्न धेरै सल्लाह दिएका छन्।

निर्मलाको छिमेकी बमको घरमा नयाँ रंग लगाइएको भन्ने व्यापक चर्चामा आएको भए पनि घरभित्र गएर हेर्दा त्यस्तो नपाइएको समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै अम्बाको बोट काटिएको प्रकरणमा ‘अल्लारे केटाहरु चढेर खाने, होहल्ला गर्ने र छोरीहरुले पनि मन नपराउने हुँदा काटेको’ भन्ने व्यहोराको बयान बम दिदीबहिनीका बाबु दीपेन्द्र बहादुरले दिएका छन्।

उनले १७ साउनमा सो रुख काटेको बताएका छन्। तर रुख काट्नुमा त्यस्तो खाश कारण केहि नभएको उनको भनाई रहेको छ।

बम दिदिबहिनीका बाबु दीपेन्द्र बहादुर बम शिक्षक र आमा इन्द्रादेवी बम वडासचिव हुन्। भिडियोमा हेर्नुहोस् बम दिदीबहिनीका बाबुले निर्मला हत्याकाण्ड बारे के भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया