खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना

admin

गलकोट, ३ मङ्सिर : कृषि तथा पशुपछी मन्त्रालय मातहत रहने गरी बागलुङमा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । कार्यालयको प्रजिअ वेदप्रसाद खरेलले उद्घाटन गर्नुभएको हो ।

खरेलले जनताको गुणस्तरीय खाद्य अधिकारको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्नका लागि डिभिजन कार्यालयलाई आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला हेर्ने गरी नयाँ कार्यालय स्थापना गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

“हामीले डिभिजन कार्यालयअन्तर्गतका स्थानहरुमा खाद्य स्वच्छन्नता तथा अभिमुखीकरण, बजार अनुगमन लगायतका काम गर्नेछौँ”, पौडेलले भन्नुभयो, “नागरिकको गुणस्तरीय खाद्य उपभोग गर्ने अधिकार सुनिश्चित गर्न लागि पर्छौं ।” गुण नियन्त्रण कार्यालय भैरहवाअन्तर्गत बागलुङ, दमौली, पाल्पा, तौलिहवा र पोखरा गरी पाँचवटा डिभिजन कार्यालय रहने बताइएको छ ।
-रासस

प्रतिक्रिया