ट्रंपले पाकिस्तानमाथि गरेको तिखो प्रहारको इमरानले दिए जवाफ, ट्विटर मै चल्यो वार

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले फक्स न्युजलाई दिएको अन्तर्वातामा पाकिस्तानलाई लिएर जे भनेका थिए सोहि कुरा आफ्नो ट्वीटरमार्फत पनि दोहोराएका छन्। ट्रंप पछि पाकिस्तानका प्रधानमन्त्री इमारान खानले पनि ट्वीट गरेका छन्। खानले पनि ट्रंपलाई तिखो प्रतिक्रिया दिएका छन्।

ट्रंपले आफ्नो ट्वीटमा यस्तो लेखेका थिए, ‘बेशक हामी ओसामा बिन लादेनलाई धेरै पहिले नै गिरफ्तार  गरिसक्थ्यौ। मैले यस मुद्दालाई वर्ल्ड ट्रेड सेन्टरमा हमला अगाबै आफ्नो किताबमा उठाएको थिए। राष्ट्रपति क्लिंटन आफ्नो निशानाबाट चुके। हामीले पाकिस्तानलाई अरबौ रुपैया दियौ। तर उनीहरुले कहिले हामीलाई ओसामा त्यहाँ छन् भनेर बताएनन्। मुर्खहरु !

इमरान खानले ट्वीट गर्दै लेखे, ”ट्रंपको झूठे आरोपले पाकिस्तानको पिडामा नुन चर्किएको छ। पाकिस्तानले आतंकविरुद्ध अमेरिकाको लडाईमा ज्यान गुमाए, अस्थिरता र आर्थिक सङ्कट झेल्यो । ट्रंपलाई ऐतिहासिक तथ्य बताउन जरुरी छ। पाकिस्तानलाई अमेरिकाको लड़ाईबाट ठुलो नुकसान भएको छ। अब हामी त्यो गर्छौ जुन हाम्रो जनता र हाम्रो हितमा हुनेछ।”

ट्रंपले इमारनको ट्वीट पछि अर्को ट्वीटमा भने, ‘अब हामी पाकिस्तानलाई अरबौ रुपैया दिन गईरहेका छैनौ। किनभने उसले हाम्रो पैसा त लिए तर हाम्रो लागि केहि गरेनन। बिन लादेन एक ठुलो उदारहण हो, अफगानिस्तान एक अन्य उदारहण हो। यी मात्र ती देशहरुमा थिए जुन बदलामा केहि नदिई अमेरिकासंग लिने गर्दथे।’

ट्रंपले पाकलाई दिईने सैन्य सहायतामा कटौतीलाई आफ्नो प्रशासनको फैसलालाई बचाउ गर्दै भने, ”हामी उनलाई हरेक वर्ष १.३ बिलियन डलर दिने वाला थियौ। जुन अब हामी दिने छैनौ। उनले भनेका थिए, ‘मिलिट्री अकेडमी नजिक पाकिस्तानमा वो (लादेन) बसेका थिए। लादेन त्यही छन् भनेर पाकिस्तानमा सबैलाई थाहाँ थियो। ट्रंपले त्यही घरलाई तोक्दै भने जहाँ लादेनलाई २०११ मा अमेरिकी सील्सले हत्या गरेका थिए।

प्रतिक्रिया