सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएर गनिरहेका बेला सरकारी वकिल अख्तियारको फन्दामा

रिता घिसिंग

भैरहवा, ४ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।
–रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू