दीपिका-रणवीरको रिसेप्शनको हुदैछ भब्य तयारी..

मनिषा थापा

भक्तपुर  :  रणवीर सिंह- दीपिका पादुकोणको विवाह शाही अन्दाजमा इटलीको कोमा तालमा १४, १६ नोभेम्बरमा भएको थियो। आज बुधबारको दिन बैङ्गलोरमा रिसेप्शन पार्टीका लागि बैङ्गलोर प्रस्थान भएका छन् । यसको लागि तयारी शुरु भईसकेको छ।

मंगलबार राती बेंगलुरु नजिक दिपिकाको घर बेहुलीको जसरी सजाइएको थियो। दीपिका-रणवीर रिसेप्शनको तयारीका लागि पहिला नै रणवीरका माता-पिता पनि बेंगलुरु पुगिसकेका थिए।

एयरपोर्टमा रणवीर र दीपिका दुवै व्हाइट कलरको लुगामा देखिए । दीपिकाले मंगलसुत्र र चुरा लगाएकी थिइन् । रणवीर सिंहले चश्मा लगाएका थिए । व्हाइट कलरको कुर्ता पायजामा उनले प्रिन्टेड ज्याकेट लगाएका थिए ।

प्राप्त खबरका अनुसार दीपवीरले विवाहमा आएका पाहुनाहरुलाई एक फोटो फ्रेम दिनुका साथै धन्यवाद नोट ग‍िफ्ट गरेका छन् । दीप‍िका र रणवीरको विवाहलाई भारतमा यो वर्षको सबैभन्दा ठूलो विवाहको दर्जा मिलिरहेको छ ।

विवाहपछि उनीहरुका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् भने बधाई दिने क्रम अझै चलिरहेको छ । नवविवाहित जोडी दीपिका पादुकोण र रणवीर सिंह इटलीमा भव्य विवाहपछि अब रिसेप्शन आज हुँदैछ ।

मंगलबार दुवैजना मुम्बई एयरपोर्टबाट मुंबई एयरपोर्ट बैंङ्गलोर प्रस्थान गरेका हुन् । विवाहमा ३० मानिस सामिल भएका थिए। अब २१ नोभेम्बर ब्याङ्ग्लोमा र २८ नोभेम्वर मुम्बईमा रिसेप्शन हुने भएको छ। मुम्बई रिसेप्शनमा बलिउड सेलेब्सको जमघट लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू