बिबाह भएको ४ बर्ष बितिसक्दा पनि बच्चा नभएपछि श्रीमानले श्रीमतीलाई घरको छतबाट खसाली दिए

रिता घिसिंग

पिएनपिखबर : भारतको उत्तर प्रदेशको मुरादाबादमा एक बिबाहित जोडीको ४ बर्षसम्म बच्चा नभएपछि पतिले आफ्नो पत्नीलाई घरको छतबाट फालीदिएका छन्। घाइते भएकी महिलालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। आरोपीलाई प्रहरीले पक्राउ गरिसकेकोछ। घरको अन्य सदस्य भने फरार छन्।

प्रहरीका अनुसार श्रीमती अंजुम र पति हिजबुर्रहमान उर्फ शब्बूको बिबाह ४ बर्ष अगाडी भएको थियो। बिबाह भएको ४ बर्ष हुँदा पनि बच्चा नभएपछि पतिले पत्नीलाई कुट्ने गर्थ्यो। साथै माइतीबाट पैसा लेराउन दबाब दिन्थ्यो।

प्रहरीका अनुसार आइतबार राती लगभग ११:३० बजेतिर घरमा बच्चाको बिषयमा विवाद भएको थियो। त्यसपछि पति हिजबुर्रहमान उर्फ शब्बूले श्रीमतीलाई
घरको छतबाट तल खसाली दिएका थिए। छतबाट खसाली दिएका कारण महिलाको हातको हड्डी भाँचेको छ। वरिपरिका छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पिडित महिलाका अनुसार उनको पतिले बच्चा नभएको भन्दै दिनदिनै झगडा गर्थ्यो। साथै अर्को श्रीमती ल्याउने भनेर धम्कि दिंदै माइतीबाट पैसा ल्याउ भन्थ्यो। घटनाबारे अझै अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया